
साधना लघुवित्तको तेस्रो वार्षिकोत्सव सम्पन्न
गोरखामा मुख्य कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । मेहनती परिश्रमी तपाइँको हात, आर्थिक सम्वृद्धिमा साधनाको साथ भन्ने मूल नाराका साथ स्थापित साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न परोपकारी कार्यक्रम गरी तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको हो ।
सो अवसरमा लघुवित्तले कोभिड १९ रोकथाम तथा न्यूनिकरण गर्ने बिषयमा सचेतना कार्यक्रम गर्दै गोरखा बजारका पाँचसय जना सर्वसाधारणलाई मास्क वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।
त्यस्तै बार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले गोरखास्थित मानवसेवा आश्रममा रहेका बालगोपालहरुका लागि खाद्यान्न वितरण गरेको सिइओ न्यौपानेले जानकारी दिए ।
साधना लघुबित्त बित्तीय संस्थाले कार्तिक मसान्तसम्ममा ६० बटा शाखा कार्यालयबाट ५५ हजार घरपरिबारलाई बित्तीय सेबा प्रबाह गरिरहेको छ ।





