
गोरखामा आज चार जना कोरोना सक्रमित थपिए
गोरखामा आज चार जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर ६ का ८९ वर्षिय पुरुष, ५२ वर्षिय पुरुष र ५० वर्षकी महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
यस्तै आँबुखैरेनी घर भई गोरखा अस्पतालमा उपचाररत ६७ वर्षीय एक पुरुषलाई पनि कोरोना पुष्टि भएको छ । उनको केहीदिनदेखि गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म गोरखामा कोरोना संक्रमण हुनेको संख्या छ सय १९ पुगेको छ भने ३ जनाकाे मृत्यु भएकाे छ । पिसिआर जाँचका लागि स्वाब संकलन गरेर प्रयोगशाला पठाइएका सबैको रिपोर्ट आईसकेको कोरोना फोकल पर्सन अर्यालले जानकारी दिए ।
‘हामीले मंगलवारसम्म पठाएका सबै स्वाबको रिपोर्ट आईसक्यो’ उनले भने ‘बुधवार स्वाब कलेक्सन भएको छैन, रिपोर्ट आउन बाँकी पनि छैन ।’ थपिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न भने बाँकी छ ।




