
गोरखाको फिनाममा मरेको अबस्थामा चितुवा भेटियो
गोरखा नगरपालिका ४ (साबिक फिनाम गाविस)को आरुस्वाँरामा मरेको अबस्थामा एउटा चितुवा फेला परेको छ ।
स्थानीयबासीले मृत अवस्थाको चितुवा भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे जानकारी पाएपछि डिभिजन वन कार्यालयका टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवा वन कार्यालय ल्याइएको गोरखाका डिभिजनल वन अधिकृत अशोककुमार श्रेष्ठले बताए ।
चितुवा कसरी म¥यो भन्ने बारे यकिन नभै भइसकेको तर घटनाको स्थिति हेर्दा दुई वटा चितुवा जुधेर मरेको हुन सक्ने अनुमान गरिएको वन अधिकृत श्रेष्ठले बताए । चितुवाको शरीर चिथोरिएको जस्तो चोट रहेकाले चितुवा बीच जुध्दा भएको अनुमान गरिएको उनको भनाई छ ।
मृत चितुवालाई हेर्दा दुई दिनअघि मरेको हुन सक्ने कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।




