| सोमवार, कार्तिक २३, २०८३

तिहारमा पटका पड्काउने, देउसी भैलो खेल्नेलाई प्रहरीले कारवाही गर्ने

बिगतका वर्षमा तिहारमा पटक, भुईँचम्पा जस्ता बिस्पोटक पदार्थ पड्काउनेलाई कारवाही गर्ने योजना प्रहरीले बनाउँथ्यो । देउसी भैलो खेल्नेहरुलाई समय तोकेर खेल्न दिईन्थ्यो । तर यस वर्ष देउसी भैलो खेल्नेहरु पनि प्रहरीको कारवाहीमा पर्ने भएका छन् ।
कोभिड १९ (कोरोना) को संक्रमण दर बढेको र जोखिम रहिरहेकाले देउसी भैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाएको हो । ‘प्रशासनले प्रतिबन्ध लगाएका कारण हामीले कारवाही गर्छौँ’ जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले भने ।

बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरी निग्रानी गरिने र गाउँगाउँमा प्रहरी चौकीले निग्रानी गर्नेछन् । मानिस भेला हुने, भिडभाड गर्ने गरी कुनैपनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयले पटक–पटक अनुरोध गर्दै आएको छ ।


पटका बिक्री बितरण र ढुवानी गर्नेलाई पनि कारवाही गरिने प्रहरीले जनाएको छ । जुवातास खेल्ने, होहल्ला गर्ने र समाजमा अवान्छित गतिविधिमा संलग्नलाई पक्राउ गरी मुद्धा चलाईने एसपी गुरुङले बताए । साथै उनले यस्ता गतिविधि भए गरेको देखेमा प्रहरीमा खबर गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्