| आइतवार, कार्तिक २२, २०८३

गोरखा क्षेत्र नं. २ ‘ख’ मा २५ वटा योजनामा दुई करोड बिनियोजन (योजना र बजेटको विवरणसहित)

गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा बिभिन्न २५ वटा योजनाका लागि सांसदहरुले दुई करोड रुपैयाँ बिनियोजन गरेका छन् । सांसद प्रकाशचन्द्र दवाडीको संयोजकत्वमा निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम संचालन कार्यविधि अनुसार कार्यक्रम निर्देशक समितिको बैठकले योजना सहित बजेट विनियोजन गरेको हो ।


समितिले बारपाक सुलिकोट २ को राङरुङ कोदेफेदी तुम्सीका मोटरबाटो निर्माणका लागि २५ लाख, अजिरकोट गाउँपालिका ४ मा बसेल कृषि तथा पशु फर्म निर्माणका लागि २५ लाख र सिरानचोक गाउँपालिका ५ मा चाँदनी हरिबले लालीगुराँस सामुदायिक भबन निर्माणका लागि २० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
२० लाखदेखि माथिका योजना तीनवटा मात्रै छन् ।


सिरानचोक ३ हार्मीमा चम्पावती माविमा घेराबार निर्माणका लागि १० लाख, सिरानचोक ८ मा चिप्लेटी खप्टे उम्रुङ सामुदायिक भबन निर्माणमा ९ लाख, सिरानचोक ६ मा नामरुङ आमा समुहको भबनका लागि ९ लाख, बारपाक सुलिकोट ३ को माझथर मावि घेराबारका लागि ८ लाख, बारपाक सुलिकोट ३ को हुवामे ठोमो, छेलिङ, बौद्ध समाज घर अधुरो भबन निर्माणका लागि ७ लाख, अजिरकोट ४ को हिमालय माविको घेराबारका लागि ८ लाख, बारपाक सुलिकोट ३ को सिरानथर गम्वाङ मोटरबाटो निर्माणका लागि ८ लाख बिनियोजन गरिएको छ । यस्तै अजिरकोट गाउँपालिका ३ को पँधेरा खोल्सी खोप केन्द्र डाँडाबासी गोढेखोला ढल तथा मोटरबाटोका लागि छ लाख, बारपाक सुलिकोट ४ को हात्तिसुडे मन्दिर निर्माणका लागि छ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
प्रभा मावि अपुनको घेराबार निर्माणका लागि चार लाख, सिरानचोक ५ मा कृषि तथा पशुपालन पूर्वाधार निर्माणमा पाँच लाख, स्याँदीखोलादेखि छतिन खोला सिंचाई आयोजनाका सिरानचोक ८ का लागि पाँच लाख बिनियोजन गरिएको छ ।


सयपत्री कृषि समुह भैँसी बाख्रा गोठ निर्माण अजिरकोट ३ का लागि पाँच लाख, बालकन्यादेवी मन्दिर निर्माण बारपाक सुलिकोट ४ का लागि पाँच लाख रुपैयाँ छुट्याइएको छ । बारपाक सुलिकोट ८ को पहरे मनकामना युवा क्लव खेलमैदानका लागि चार लाख, बारपाक सुलिकोट ५ को जलकन्या देवी मावि घेराबार निर्माण पाँच लाख, सिरानचोक ४ को फिरफिरे आरुबारी सामुदायिक भबन निर्माण पाँच लाख, बारपाक सुलिकोट ६ को माईकोट महिला सामुदायिक भबन निर्माण चार लाख, बारपाक सुलिकोट ४ को शिवशक्ति युवा क्लव खेलमैदान निर्माण तीन लाख, बिनियोजन गरिएको छ । बारपाक सुलिकोट २ को पोखरी खेलमैदान निर्माण दुईलाख, अजिरकोट गाउँपालिका ४ महावीर खेलमैदान तथा सामुदायिक भबन जाने गोरेटो बाटो निर्माण दुई लाख, बारपाक सुलिकोट २ मान्द्रेको भगवती आधारभुत विद्यालय घेराबार निर्माणमा पाँच लाख सहित २५ वटा योजना छनौटमा परेको छ ।

कार्यविधि अनुसार योजना छनौट गर्नुपर्दा जनताको मागलाई पूणर् रुपमा संवोधन गर्न नसकिएको सांसद दवाडीले बताए । ‘गाउँगाउँमा, टोलटोलमा स-साना समस्या छ, ती सबैमा जनताले जनप्रतिनिधिबाट समाधानको अपेक्षा गरेका छन्’ उनले भने ‘कार्यविधिले रोकेका कारण सबैको माग संवोधन गर्न सकिएन ।’


छनौट भएका योजना कार्यान्वयन गर्ने निणर्य समितिको बुधवार बसेको बैठकले गरेको सांसद एवं संयोजक प्रकाशचन्द्र दवाडीले बताए । बैठकमा सांसद मनकुमारी गु्रुङ, धनमाया लामा पोखरेल, पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारी, इन्जिनियर गणेश सुवेदी, लेखा अधिकृत महेन्द्र कुमार राई, खरिदार ईश्वरबन्धु सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्