
धार्चे गा.पा ३ उहिया पार्वती आधारभुत विद्यालयमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण
फ्रान्सका भालियर सोलीदारीत प्राडग संस्थाले गोरखाको धार्चे गाउँपालिका ३ को पार्वती आधारभुत विद्यालयका लागि कम्युटर र प्रिन्टर प्रदान गरेको छ ।
सो संस्थाका संयोजक बुद्ध गुरुङ र वडा सदस्य प्रमिना घलेले सातवटा कम्प्युटर र एउटा प्रिन्टर विद्यालयका प्रधानाध्यापक वीरकाजी गुरुङ र विद्यालयका परिवारलाई हस्तान्तरण गरेका हुन् ।
विगत लामो समयदेखि सो संस्थाले उक्त विद्यालयमा वाइटबोर्ड, ड्रेसहरु दिदै आएको थियो । ‘विद्यार्थीलाई सहज सुविधापूणर् ढङगले पठनपाठन होस् भनेर कम्प्यूटर प्रदान गरेका हौं’ कम्प्यूटर हस्तान्तरण कार्यक्रममा बुद्ध गुरुङले भने । प्रधानाध्यापक गुरुङले सहयोगी संस्थालाई विद्यालयको तर्फबाट आभार व्यक्त गरे ।




