
बाल मन्दिरका बालवालिकालाई खाद्यन्न र स्वास्थ्य सामग्री सहयोग
गोरखा नगरपालिका ६ छहरेको बालमन्दिर माध्यामिक विद्यालयमा आबासिय रुपमा अध्यनरत अनाथ र असाहाय विद्यार्थीलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
पालुङटार नगरपालिका च्याङ्ली घर भई त्रिभुवन विश्वविद्यालय इतिहास डिपार्टमेन्ट प्रमुख रहेका डाक्टर हिक्मत खत्रीले उक्त सहयोग गरेका हुन् ।
चार बोरा चामल, दुई प्याक तेल, कपडाको मास्क ७० थान, २ लिटर सेनिटाईज्र, दुई दर्जन साबुन सहयोग गरेका विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले बताए ।
नजिकिँदै गरेको तिहार मनाउन बालवालिकालाई सजिलो होस् भनेर उक्ती खाद्यान्न लगाय सामग्री सहयोग गरेको खत्रीले बताए ।




