
कोरोना संक्रमणबाट विराटनगरमा थप सात जनाको मृत्यु
कोरोना संक्रमणका कारण विराटनगरमा थप सात जनाको मृत्यु भएको छ।
नोबेल शिक्षण अस्पतालमा तीन, विराट नर्सिङ होममा दुई, विराट मेडिकल कलेज र कोसी अस्पतालमा एक-एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
मोरङको रतुवामाई नगरपालिका-८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको छ।
इलाम मंगलबारेका ६५ वर्षीय पुरुषको सोमबार बिहान नोबेल अस्पतालमा मृत्यु भएको छ।
सुनसरी इनरुवाका अर्का ७२ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमा मृत्यु भएको छ। उनको मृत्यु सोमबार बिहान ३ बजेतिर भएको हो।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिका-११ की ६५ वर्षीया वृद्धा महिला छिन्। उनको विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु उपचारको क्रममा मृत्यु भएको हो।
कोरोना पुष्टि भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो।
यस्तै, दमक नगरपालिका-१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि कात्तिक ९ गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
सुनसरी इनरुवा-४ का ५७ वर्षीय पुरुषको आइतबार राति सोही अस्पतालमा मृत्यु भएको छ।
सिरहाका ६५ वर्षीय वृद्धको उपचारका क्रममा नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ।
कात्तिक १२ गते नोबेलको आइसोलेसनमा भर्ना भएका उनको आइतबार राति १० बजे मृत्यु भएको थियो।




