| सोमवार, कार्तिक २३, २०८३

भच्चेक बजार अनुगमन, म्याद नाघेका खाद्यान्न भेटियो

गोरखाको अजिरकोट गाउँपालिका ३ स्थित भच्चेक बजारमा म्याद नाघेका खाद्य सामग्री भेटिएको छ । प्रदेश जिल्ला स्तरीय बजार अनुगमन समितिले सोमवार गरेको बजार अनुगमनका क्रममा त्यहाँका पसलमा चिसो पेय पदार्थ, चक्की आटा, नुन लगायतमा म्याद नाघेको भेटिएको हो ।

‘३० वटा पसल अनुगमन गरियो, म्याद नाघेका करिब १० केजी खाद्यान्न नष्ट गर्न गाउँपालिकालाई जिम्मा लगाएर आएका छौँ’ अनुगमन समितिका संयोजक एवं घरेलु कार्यालयका प्रमुख दिनेश पौडेलले भने । चाउमिन उद्योग र पाउरोटी उद्योगले खाद्यान्न अनुग्या पत्र नलिएको, उत्पादिन सामग्रीमा लेभलिङ नगरेकाले तत्काल गर्न निर्देशन दिएको उनले बताए ।


अधिकासं पसलमा होर्डिङ बोर्ड, मूल्यसुची र दर्ता प्रमाण पत्र रहेको थियो । केही साना पसलमा भने दर्ता प्रमाण पत्र नभेटिएकाले तत्काल दर्ता गर्न प्रदेश जिल्ला स्तरीय बजार अनुगमन समितिले निर्देशन गरेको छ ।

अनुगमन समितिले गोरखा सदरमुकामको बजार क्षेत्र, छेवेटार, पालुङटार, भच्चेक लगायत ठाउँका पसलहरुमा निरन्तर अनुगमन गर्दै आएको छ । ‘एक पटक सचेत गराएर आएको ठाउँमा पुन अनुगमन गर्दा सुधार नभएको पाइएमा कारवाहीका लागि सिफारिस गर्नेछौँ’ अनुगमन समितिका संयोजक पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्