
गोरखामा सोमवार ११ जना कोरोना संक्रमित थपिए
गोरखामा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर ६ मा तीन जना र ८ मा एक जना रहेका छन् ।
यी मध्ये २९ वर्षिय एक जना गोरखा अस्पतालका चिकित्सक हुन् भने बाँकी तीन जना अस्पतालको फिवर क्लिनिकमा आएका बिरामी हुन् । सबै जना पुरुष रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
पालुङटार नगरपालिकामा सोमवार सात जना थपिएका छन् । थपिएका सबै वडा नम्बर ५ का हुन्् । तीन जना महिला र बाँकी पुरुष रहेको पालुङटार नगरपलिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए । एक जना बोहक अन्य सबै एकै परिवारका सदस्य रहेको उनले बताए ।
यस सँगै गोरखाका कोरोना संक्रमितको संख्या पाँच सय २६ पुगेको छ । अझै एक सय ९७ जनाको रिपोर्ट आउन बाँकी छ । ‘संक्रमित थपिएसँगै दिनदिनै स्वाब संकलन गरिएको छ’ स्वास्थ्य कार्यालयका सुचना अधिकारी न्यौपानेले भने ।




