
मालपोत कार्यालय गोरखाका छ जनामा कोरोना, कार्यालयको सेवा बन्द
गोरखाको मालपोत कार्यालयमा कार्यरत छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक महिला कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछिको कन्ट्याक ट्रेसिङमा अरु पाँच जनामा पनि कोरोना पोजेटिभ देखिएको मालपोत कार्यालयका प्रमुख देवेन्द्र थापाले जानकारी दिए ।
१८ जनाको पिसिआर परीक्षण गरिएकोमा शनिबार दुई जना नायव सुब्बा, दुई जना कार्यालय सहयोगी र एक जना परामर्शदाताका कर्मचारीमा पोजेटिभ देखिएको कार्यालय प्रमुख थापाले बताए ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केहीदिनदेखि मालपोत कार्यालय बन्द रहेको छ ।




