
काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ९८ जनामा संक्रमण
काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये ६ सय १ महिला र ७ सय ९८ जना पुरुष छन्।
अहिले काठमाडौंमा १६ हजार ३ सय ३१, भक्तपुरमा एक हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६ सक्रिय संक्रमितहरू छन्।




