
गोरखामा सक्रिया संक्रमित ११३, कोरोनामुक्त हुनेको संख्या ३६९
गोरखामा हालसम्म तीनसय ६९ जनाले कोरोना जितेका छन् ।
कोरोना महामारी सुरु भएको आठमहिनायता संक्रमित भएका चारसय ८४ जनामध्य तीनसय ६९ जना कोरोनामुक्त भइसकेका र एकसय १३ जना मात्र सक्रिय संक्रमित रहेका जिल्ला प्रशासन कार्यालय गोरखाले तयार पारेको अभिलेखमा उल्लेख छ ।
कोरोनाबाट मर्नेको संख्या हालसम्म दुई जना रहेको सो अभिलेखमा उल्लेख छ ।
हालसम्म गोरखाका आठहजार सातसय ३६ जनाको स्वाब परीक्षण भएको छ । जसमध्य आठहजार दुईसय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चारसय ८४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।




