
जनता समाजवादी पार्टीका जिल्ला सदस्यको निधन
जनता समाजवादी पार्टी नेपाल गोरखा जिल्ला सदस्य रोज गुरुङ (चन्द्रमान) को निधन भएको छ । धार्चे गाउँपालिकाका पार्टी सचिव समेत रहेका उनको असामयिक निधनप्रति सोमवार जिल्ला पार्टीले शोक बक्तब्य जारी गरेको छ ।
जिल्ला अध्यक्ष नारायण खत्रीद्धारा जारी बक्तब्यमा उहाँको निधनले पार्टीलाई स्तब्ध बनाएको उल्लेख छ । साथै परिवारजन र शुभचिन्तकहरुलाई दुखद घडीमा शोकलाई शक्तिमा बदल्न र एकजुट भई उनको सपना पूरा गर्नमा लाग्न समेत अनुरोध गरिएको छ ।




