
काठमाडौं उपत्यकामा १६२२ जना नयाँ कोरोना संक्रमित
काठमाडौं उपत्यका थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा १ हजा ३ सय ६२, भक्तपुरमा ९६ ललितपुरमा १६४ गरी १ हजार ६ सय २२ जना संक्रमित थपिएका हुन्।
देशभर आज २८२४ जना कोरोना संक्रमित थपिएका छन्। योसहित संक्रमित संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ।
आज २३ संक्रमितको मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या ९६० पुगेको छ।




