| आइतवार, कार्तिक २२, २०८३

गोरखामा आज १२ जना कोरोना संक्रमित थपिए

गोरखामा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर बिनोद बिन्दु शर्माले बिभिन्न समयमा आईतवार दिनभर जारी गरेको बिज्ञप्ती अनुसार जिल्लाको बिभिन्न पालिकामा संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै गोरखा नगरपालिकाका ७ जना रहेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
संक्रमित हुनेहरुमा गोरखा नगरपालिका १४ मा ३० र ३४ वर्षका पुरुष रहेका छन् भने वडा नम्बर ७ मा ५१ वर्षिय महिला र ५६ वर्षिय पुरुष छन् ।

वडा नम्बर ५ मा ७३ वर्षिय पुरुषलाई पनि आईतवार कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । वडा नम्बर ८ मा ३७ वर्षिय पुरुष र ३५ वर्षिया महिलालाई कोरोना पुष्टि भएको छ ।
भिमसेन थापा गाउँपालिका ४ मा २५ वर्षिय पुरुष, धार्चे गाउँपालिकामा वडा नम्बर ९ मा २७ वर्षिय पुरुष, शहिदलखन गाउँपालिका वडा नम्बर ४ मा २२ वर्षिय महिलालाई कोरोना पोजेटिभ देखिएको छ ।

बारपाक सुलिकोट गाउँपालिका ५ मा ३८ वर्षिय पुरुष, पालुङटार नगरपालिका ७ मा २२ वर्षिय पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय गोरखाले भने विज्ञप्ती अनुसार बिवरण यकिन गर्न समस्या भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्