
पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
पोखरामा थप एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका ३ निवासी ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । गए राती ११ बजेर ३० मिनेट जादा उनको उपचारको क्रममा निधन भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । गत कात्तिक ४ गते उनमा कोरोना पुष्टि भएको थियो ।
कोभिडसँगै अन्य दीर्घ रोगसमेत उनमा रहेको अस्पतालले जनाएको छ । आज मात्रै गण्डकीमा ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाई सकेका छन् । पछिल्लो विवरण अनुसार गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ




