कोरोनाबाट जोगिऔँ, हेलचेक्राई नगरौँ
अहिले चाडपर्वको सिजन छ । अन्य समयमा भन्दा मानिसको आउजाउ, भेटघाट, रमझम बढी देखिन्छ । कोभिड १९ (कोरोना) भाईरसको संक्रमण सुरु भएका बेला मानिस धेरै सचेत थिए । अहिले कोरोनालाई हलुका रुपमा लिने गरेको, सुरक्षामा उपाएमा खासै ध्यान नदिएको देखिन्छ ।
दिनदिनै संक्रमित बढेका छन् । मृत्यू हुनेदर पनि कम छैन । तर कोरोनाका कारण मृत्यूदर सुन्य हुँदा भन्दा सयौँ मानिसको मृत्यू भईसक्दा सर्वसाधारणको सुरक्षित हुन तौर तरिका बद्लिएको छ । घर बाहिर ननिस्कने, घर भित्रै बस्नेहरु अत्यावश्यक काम बिना पनि बाहिर हिँडडुल गरिरहेका छन् । मास्क नलगाउनेहरु पनि देखिन थालेको छ ।
कोभिडको संक्रमण भएपनि केही हुँदैन भन्ने, हेलचेक्राई गर्ने प्रवृत्ती बढ्दो छ । मानिसको चहपहल धेरै हुने ठाउँहरु खुलेका छन् । एकअर्का बिच सम्पर्क बढेको छ । ग्राहकका लागि मास्क, सेनिटाईजर अनिवार्य गरेका ब्यापार ब्यवशाय, बैंक, बित्तिय संस्था, सरकारी कार्यालयले पनि अहिले सुरक्षित भएर आए नआएको बारे चासो दिँदैनन् । सर्वसाधारण पनि बेवास्था गर्छन । कोभिड जाँच गरेकाहरु रिपोर्ट नआउँदै हिडडुल गर्ने, काममा जाने गरेको समेत देखिन्छ ।
कतिपय संक्रमितलाई लक्षण नदेखिएकाले खासै केही नहुने रहेछ भन्ने भान मानिसमा परेको हुन सक्छ । कोरोना केही होईन भने विश्वका ठुला, ठुला देशमा कयौँ तौरतरीकाले सावधानी अपनाउँदा समेत किन कोरोना नियन्त्रण हुन सकेको छैन ? सावधानी अपनाइएका ठाउँमा, सरकारले कडाई गरेका ठाउँमा किसन संक्रमण दर घटेको छ ? हेलचेक्राईको दर जसरी बढेको छ, नेपालमा कोरोना भुसको आगो सरी फैलिएको छ ।
यो अनुपातमा हेर्ने हो भने अधिकासं मानिसलाई कोरोना लाग्न सक्छ । हामीले कोरोनालाई निकै हलुका लिईरहँदा कतै यसले भयाभह रुप लिने अवस्था त आउँदैन ! त्यसैले सबै सचेत र सजग बनौँ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरौँ ।




