| आइतवार, कार्तिक २२, २०८३

चौरासी पुजाको अवसरमा ३० हजार रुपैयाँ विद्यालयलाई दान

गोरखा नगरपालिका ३ नारेश्वरकी तिलकुमारी थापाले आफ्नो चौरासी सिद्धी पुजाको अवसरमा ३० हजार रुपैयाँ विन्ध्याबासिनी माध्यामिक विद्यालयलाई दिने घोषणा गरेकी छिन् ।

शुक्रवार र शनिवार दुई दिन सम्म आयोजना गरिएको धार्मिक एकाह कार्यक्रमको समापनको दिन शनिवार उनले उक्त रकम विद्यालयको अक्षय कोषमा जम्मा गर्ने बताएको छोरा प्रेमबहादुर थापाले जानकारी दिए । स्वर्गिय पदमबहादुर थापाको नाममा उक्त विद्यालयमा थापा परिवारले एक लाख ११ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिसकेका थिए । सोही कोषमा उनका पत्नी तिलकुमारी थापाले उक्त रकम थप्ने घोषणा गरेकी हुन् । चौरासी पुजा कार्यक्रममा पण्डित गोबिन्दराज कोईरालाले एकाहा बाचन गरेका थिए । आईतवार सो रकम विद्यालयको खातामा जम्मा हुनेछ ।

उक्त कार्यक्रममा छोराहरु प्रेमबहादुर थापा, गणेशबहादुर थापा, सुरेश थापा, बलबहादुर थापा, राजेश थापा लगायत परिवारका सदस्य सहभागी थिए । अक्षय कोषको रकम विद्यालयको शैक्षिक गुणस्तर बढाउन विद्यालयले विद्यार्थीलाई छात्रवृत्तीमा खर्च गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्