| आइतवार, कार्तिक २२, २०८३

जन्मदिनको अवसरमा विपन्न परिबारलाई खाद्यान्न सामग्री प्रदान


गोरखा बजारका युवा व्यवसायी बालकृष्ण परियारले बिपन्न तथा दलित परियारलाई खाद्यान्न सहायता सामग्री प्रदान गरेका छन् ।

गोरखा नगरपालिका ५ मानेपानीका विश्वराम नेपालीको परिबारलाई नजिकिदै गरेको दशै, तिहार जस्ता चाडबाडको पूर्व सन्ध्यामा चामल, खानेतेल, नून, च्यूरा, चिनी, चियापत्ती लगायतका दैनिक उपभोग्य सामग्री सहायोग गरेका हुन् ।


साथै दशै मनाउनका लागि दुई हजार रुपैयाँ नगद पनि सहयोग गरेको उनले बताए ।
प्राणघातक रोगका कारण नेपालीको केही महिनाअघि निधन भएको थियो । मृतक नेपालीको श्रीमती र एक छोरा मात्र छन् ।


आफ्नी धर्मपत्नी सांग्रिला परियारको जन्मदिनको अवसर पारेर सो खाद्यान्न सामग्री प्रदान गरेको परियारले जानकारी दिए ।


सदरमुकामको जिविसचोकमा न्यू टेलर्स लोगो नामक पसलमा टेलरिङ व्यवसाय गर्दै आएका उनी लियो क्लव अफ गोरखाका द्वितीय उपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्