| सोमवार, कार्तिक २३, २०८३

यात्रुबाहक सवारी साधनले बढी भाडा लिन नपाउने

गोरखामा चल्ने सार्वजनीक सवारी साधनले लकडाउन अघि अनुसारकै भाडा मात्र लिन पाउने भएका छन् ।

कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आईतवारको बैठकले गोरखामा पनि उक्त निर्णय गरेको हो । बढी भाडा लिएमा प्रहरीलाई खबर गर्न प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

साविकको भन्दा धेरै भाडा लिनेलाई प्रहरीले कारवाही गर्ने बताइएको छ । सवारी संचालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि ब्यवशायीलाई प्रशासनले निर्देशन गरेको छ ।

सरकारले एउटा सिटमा मात्र यात्रु राख्न र ५० प्रतिशत भाडा थपेर लिन अनुरोध गरेको थियो तर ब्यवशायीले नियम पालना नगरेपछि सबै सिटमा यात्रु राख्न तर भाडा साविककै लिन निर्देशन गरिएको हो ।

साथै बैठकले सिट क्षमता अनुसार मात्रै यात्रु राख्न, तालिम प्रदान गर्ने सेवा प्रदायकले बढीमा एक हप्ताको तालिम संचालन गर्न पाउने र २५ जना भन्दा सहभागी हुन नपाउने निर्णय बैठकले गरेको छ ।
कोभिड संक्रमितलाई लक्षण देखिएमा गोरखा अस्पतालको आइशोलेसनमा उपचार गराउने, नदेखिएमा स्थानीय तहको आइशोलेसनमा राख्ने निर्णय भएको प्रजिअ भट्टराईले बताए । तर गोरखाका अधिकासं स्थानीय तहले अझै आइशोलेसन बनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्