
तरुण दलका नेता पन्तद्वारा विद्यालयलाई स्वास्थ्य सामग्री बितरण
तरुण दलका केन्द्रिय सदस्य ध्रुब पन्तले गोरखा नगरपालिका १३ को रामशाह माध्यामिक विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
विद्यालय आईतवार आयोजित एक कार्यक्रमका बिच पन्तले बाह«सय थान मास्क, पाँच लिटर सेनिटाईजर सहयोग गरेका हुन् । कोभिड १९ को संक्रमण दर बढ्दो रहेको र विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीलाई सुरक्षित रहन मद्धत पुग्ने उद्देश्यले स्वास्थ्य सामग्री बितरण गरिएको उनले बताए ।
कार्यक्रममा तरुण दलका जिल्ला उपाध्यक्ष मनोज देवकोटा, जिल्ला सदस्य सुरेन्द्र कुमाल, बिनोद पन्थ र क्षेत्रिय उपाध्यक्ष किरण आलेको उपस्थिती रहेको थियो ।
तरुण नेता पन्तले यस अघि पनि गोरखाका अन्य विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।




