| सोमवार, कार्तिक २३, २०८३

गुरुकूलका बटुकहरुको निशुल्क मुटु परीक्षण

नीजि स्तरबाट सञ्चालित गोरखाको एपोलो अस्पताल प्रालिले निशुल्क मुटु परीक्षण शिविर सम्पन्न गरेको छ । वरिष्ट मुटुरोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठद्वारा गोरखाको गुरुकूलका बटुकहरुको मुटु परीक्षण गरेका हुन् ।


परीक्षणको क्रममा एकजना बटुकको मुटुमा प्वाल परेको भेटिएको एपोलो अस्पताल प्रालिका डाक्टर सन्तोष मास्केले जानकारी दिए ।

यसैबीच सो अस्पतालले गोरखामा नै पहिलो पटक मुटुको भिडियो एक्सरे गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनद्वारा प्रत्येक महिनाको एकफेर निशुल्क मुटुरोग परीक्षण शिविर सञ्चालन गर्ने जनाएको छ ।


आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले समाजका निश्चित समुहको आवश्यकताअनुरुप निःशुल्क रुपमा मुटु परीक्षण सेवा उपलब्ध गराउने योजना रहेको डाक्टर मास्केले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्