
२४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको गौतमले बताए ।
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३४९ र होम आइसोलेशनमा २४ हजार १९४ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीरआर १६ हजार ५९८ जनाको भएको छ ।




