| सोमवार, कार्तिक २३, २०८३

गोरखाको संक्रमित काठमाण्डौंमा मृत्यु


गोरखाकी एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा काठमाण्डौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

भिमसेन थापा गाउँपालिका वडा नं ४ की ४० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको उनको आफन्तले बताए । उनमा मृगौला तथा मुटु रोगका समस्याले लामो समयदेखि उपचारत उनी मुटुको शल्यक्रिया गर्न कोरोना परिक्षण गर्दा रिर्पोट पोजिटिभ आएको थियो । उनको गत राति मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्