| सोमवार, कार्तिक २३, २०८३

नेपालमा कोरोनाले थप ७० वर्षीया महिलाको मृत्यु

 रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ ।

असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको बिहान सवा ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गौतमका अनुसार उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेकी ती महिलालाई कोरोनाकै कारण निमोनिया भएको थियो । 

प्रतिक्रिया दिनुहोस्