| सोमवार, कार्तिक २३, २०८३

गोरखा प्रशासनले भन्यो : मानिस भेला हुने कार्यक्रम गरेमा कारवाही हुन्छ


जिल्ला प्रशासन कार्यालय गोरखाले मानिस भेला हुने खालका कुनैपनि कार्यक्रम नगर्ने निर्देशन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बुधवार सुचना जारी गर्दै दशैँ तिहार र छठको अवसरमा उत्सव, कार्यक्रम, सुभकामना आदान प्रदान, खेलकुद जस्ता कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरेकी हुन् ।
नित्य पुजापाठ बाहेकका गतिविधमा संलग्न नहुन प्रशासनले भनेको छ ।

निर्देशन अटेर गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने सहायक प्रजिअ खत्रीले बताईन ।
साथै प्रशासनले कोभिड १९ को संक्रमितलाई लक्षण देखिएमा चिकित्सक सँग परामर्श लिन अनुरोध गरेको छ ।

स्वब संकलन गरिएकाहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी घरैमा बस्न, जथाभावि हिँडडुल नगर्न पनि प्रशासनले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्