
च्याम्बर अफ कमर्शको ७० औँ स्थापना दिवस मनाइयो
नेपाल चेम्बर अफ कमर्श स्थापनाको ७० औं बर्षगाँठ गोरखामा पनि शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको छ । गोरखा च्याम्बर अफ कमर्शको हलमा चियापान तथा शुभकामना आदान कार्यक्रम गरी मनाइएको महासचिव रामस्वरुप श्रेष्ठले जानकारी दिए ।
गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारीले उद्घाटन गरेकी थिइन् ।
सो समारोहमा प्रमुख अतिथि अधिकारी, गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कृष्ण ढकाल, उमन च्याम्बर अफ कमर्श गोरखाकी अध्यक्ष ज्ञानु अधिकारीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
गोरखा च्याम्बर अफ कमर्श स्थापना भएको भने तीनबर्ष पूरा भएको छ ।




