| सोमवार, कार्तिक २३, २०८३

गोरखाको चौँथो जिल्ला सभा सम्पन्न

जिल्ला समन्वय समितिले चौँथो जिल्ला सभा सम्पन्न गरेको छ ।

सभामा नीति तथा कार्यक्रम सार्वजनीक गर्दै समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले जिल्लाभित्र सञ्चालित गौरवका योजना छनौटमा स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्ने, जिल्लाभित्र रहेका संघ, प्रदेश स्थानीय तहका कार्यालय बीच समन्वय गर्ने, दोहोरोपन आउन नदिने, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता बिकास तालिम संचालन गर्ने, विज्ञ समूहसँग जिल्लाको बिकास निर्माण बारे परामर्श गर्ने जस्ता कार्यक्रम समेटिएको बताए ।

स्थानीय तह बीच बिवाद उत्पन्न भएमा कार्यदल बनाएर तत्काल सम्वोधन गर्ने योजना जिससको छ ।
गोरखाको दराँैदी नदी, चेपे, बूढीगण्डकी, मस्र्याङ्दी लगायत ठाउँमा उत्खनन् बढेकाले प्राकृतिक स्वरुप नबिग्रने गरी गर्न स्थानीय तहसँग समन्वय गर्ने, बैकल्पिक उपायको खोजी गर्ने नीति जिससले लिएको छ ।

गोरखाका कार्यरत गैरसरकारी संस्थाको कामलाई निगरानी गर्ने, वर्षमा एक पटक कार्यक्रमको समीक्षा गोष्ठी गर्ने, प्रदेश सरकारबाट बिभिन्न ऐन नियम अझै नआएकाले तत्काल उपलब्ध गराउन जिल्ला सभाले माग गरेको छ ।
स्थानीय तहका प्रमुखहरु, उपप्रमुखहरु सहित भएको सभामा समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले चालु वर्ष एक करोड ३२ लाख २८ हजार समन्वय समितिका लागि बजेट प्राप्त भएको बताएका थिए ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान भने अझै आउन बाँकी रहेको समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताए ।
सभाले आर्थिक वर्ष २०७७÷०७८ का प्रस्तावित बजेट अनुमोदन गरेको छ । सभामा समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले गत वर्ष जिल्लाभरका बिकास निर्माणका योजनाको अनुगमन नियमित गरेको, कोभिड १९ मा स्थानीय तह सँग समन्वय गरि काम गरिरहेको बताए ।

गत वर्षहरुमा भन्दा यस वर्ष जिल्ला सभा कोभिड १९ को प्रभावका कारण थोरै जनप्रतिनिधि भेला भएर सभा सकिएको जिससले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्