
रोट्याक्ट क्लव गोरखाद्वारा चेतनामुलक सन्देश सँगै मास्क बितरण
रोक्ट्याक्ट क्लव अफ गोरखाले गोरखा सदरमुकाममा चेतनामुलक सन्देश प्रसारण सँगै मास्क बितरण गरेको छ ।
क्लवले गोरखा सदरमुकामको बजार क्षेत्रमा बजारमा किनमेल गर्ने, यात्रा गर्ने सर्वसाधारणलाई लक्षित गरी स्पिकरबाट स्वास्थ्य सम्बन्धी सन्देश प्रशारण गर्न थालेको क्लवका अध्यक्ष फिलिप कंडेलले बताए ।
कोभिड १९ बाट बच्ने उपाए, ध्यान दिनुपर्ने कुरा लगायतका बारेमा सन्देश उल्लेख छ । सँगै क्लवका सदस्यहरुले बिना मास्क बजारमा हिँडेकाहरुलाई निशुल्क मास्क बितरण गरेका क्लवका उपाध्यक्ष शिवहरी तिमल्सिनाले जानकारी दिए ।
यो अभियान दशैँ अघि सम्म संचालन हुने क्लवले जनाएको छ । रोट्याक्ट क्लव अफ गोरखा जिल्लाका बिभिन्न सामाजिक काममा सक्रिया हुँदै आएको छ ।




