
गोरखामा नेकपा निकट व्यापारी व्यवशायीहरुको संगठन निर्माण
नेकपामा आस्थावान व्यापारी व्यवसायीहरुको संगठन नेपाल उद्योग ब्यवशायी संगठनको गोरखा शाखा गठन भएको छ । शनिवार नेकपा पार्टी कार्यालय पाटेचौरमा भएको भेलाले रामहरी केशीको संयोजकत्वमा संगठन गठन गरेको हो ।
काजिराम श्रेष्ठ सहसंयोजक रहने गरी २५ सदस्यीय कमिटि गठन गरेको संयोजक केशीले जानकारी दिए ।
संगठनको सदस्यहरुमा बिक्रम बस्नेत, प्रदीप खनाल, दिनेश दानी, दण्डपाणि कट्टेल, कृष्ण सुनार, भोला मरहट्टा, ज्ञानेन्द्र सुवेदी, सुरेन लामिछाने, बालकृष्ण परियार, तारा पुडासैनी, आशिष देवकोटा, नारायण श्रेष्ठ, बिनोद अर्याल, सुमन श्रेष्ठ, बिशाल राना, आशा गुरुङ, सुस्मिता घले रहेका छन् ।
बाँकी छ सदस्य भने पछि थप गर्ने निर्णय भएको छ । संगठनको पूर्व अध्यक्ष कृष्ण ढकालको अध्यक्षता र नेकपा गण्डकी प्रदेश कार्यालय सदस्य सम्झना देवकोटा, जिल्ला सचिव प्रेम गुरुङको उपस्थितिमा कार्यक्रम भएको थियो ।




