
गोरखामा आज थप चार जना संक्रमित थपिए
गोरखामा आज चार जना कोरोना संक्रमित थपिएको छ ।
भीमसेन थापा गाउँपालिका वडा नं ६ का ३१ वर्षीय पुरुष, गण्डकी गाउँपालिका वडा नं ४ का २३ र ६२ वर्षीय पुरुष र पालुङटार गाउँपालिका वडा नं ७ का २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्ठि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनकारी दिए । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको प्रदेशले जनाएको छ ।




