| सोमवार, कार्तिक २३, २०८३

गोरखाका यी ठाउँमा आज १० बजेदेखि ५ बजे सम्म बिद्युत अवरुद्ध हुने

गोरखामा आज बिहान १० देखि साँझ ५ बजे सम्म विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाका अनुसार खोप्लाङ फिडरमा पर्ने ठाउँको रुखको हाँगा काट्नु पर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो ।
गोरखा नगरपालिकाको खोलखोले, आहाले, लक्ष्मीबजार, छेवेटार, पालुङटारको खोप्लाङ, शहिदलखन गाउँपालिकाकाको बुङकोट, सिरानचोकको त्रिचेपोखरी लगायत ठाउँमा विद्युत नहुने केन्द्र प्रमुख माधव न्यौपानेले बताए ।

काम चाँडै सकियो भने विद्युत छिटो सुचारु हुने केन्द्रले जनाएको छ । दशैँ तिहारमा समान्य समस्याले विद्युत अनियमित नहोस् भन्ने उद्देश्यले बितरण केन्द्रले मूख्य लाईन वरपर रुखको हाँगा काटेको छ ।

प्रतिक्रिया दिनुहोस्