| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आज १६ जना कोरोना संक्रमित थपिए

गोरखामा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये १४ जना प्रहरी र दुई जना सर्वसाधारण रहेका छन् ।

कन्ट्याक्ट ट्रेसिङमा परेका ४७ जना प्रहरी मनकामना बहिरा माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका छन् । ति मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको र अन्यको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


पालुङटार ८ का ४० वर्षिय पुरुष र भारतबाट आई होम क्वारेन्टिनमा बसेका २२ वर्षिय महिलालाई कोरोना पुष्टि भएको हो । यस सँगै गोरखामा संक्रमितको संख्या तीन सय ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्