
मकैपुर आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग
शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट मकैपुर आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।
सुरेन हर्ट यातायात प्रालीका संचालक सुरेन्द्र कुँवरले उक्त विद्यालयका लागि ५० दर्जन कापी, ८५ दर्जन पेन्सिल सहयोग गरेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
साथै उक्त विद्यालयलाई स्वदेशी नेपाल गोरखाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष भेषबहादुर खड्काले तीन सय थान मास्क, पाँच लिटर सेनिटाईजर, लिक्यूड साबुन सहयोग गरेका छन् ।




