| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आज १० जना कोरोना संक्रमित थपिए


गोरखामा बिहिवार १० जना कोरोना संक्रमित थपिएका छन् ।

९ जना आरुघाट गाउँपालिका वडा नम्बर ४ का र एक जना भिमसेन थापा गाउँपालिका १ का रहेका छन् ।
आरुघाट ४ का ४०,२०,२५,६ वर्षका महिला र २२,१८,१६,६५,२४ वर्षका पुरुष छन् ।

भिमसेन थापा ३ का २६ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
यस सँगै गोरखामा कोरोना संक्रमितको संख्या दुई सय ९२ पुगेको छ ।

अझै चार सय सात जनाको रिपोर्ट आउन बाँकी छ ।

जिल्ला भित्र कोरोनाका कारण मृत्यू हुनेको संख्या दुई रहेको छ भने जिल्ला बाहिर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्