| सोमवार, कार्तिक २३, २०८३

भुपु विद्यार्थीद्वारा जागेश्वर माविलाई मास्क र फेस सिल प्रदान

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ को जागेश्वर माध्यामिक विद्यालयलाई भुतपूर्व विद्यार्थी ब्याच २०६४ ले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोभिड १९ को जोखिम कायम रहेको र विद्यालय पनि संचालन भएकाले विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गर्दै ३६० थान फेस सिल र सात सय थान मास्क सहयोग गरिएको भुतपूर्व विद्यार्थी इन्जिनियर कपिल तिमल्सिनाले बताए । मास्क भने ब्याच २०६० का भुतपूर्व विद्यार्थी किरण खनालले सहयोग गरेका हुन् ।

विद्यार्थी र शिक्षकहरुलाई कोभिड १९ को संक्रमण बाट जोगिन मद्धत पुग्ने उद्देश्यले भुतपूर्व विद्यार्थीहरुले उक्त सहयोग गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्