| सोमवार, कार्तिक २३, २०८३

उपेन्द्र देवकोटाको ‘लकडाउनलाई झ्यालबाट नियाल्दा’ बिमोचन

उपेन्द्र देवकोटाद्वारा लिखित ‘लकडाउनलाई झ्यालबाट नियाल्दा पुस्तकको बिमोचन गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयको सभाहलमा एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई र पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले उक्त पुस्तक बिमोचन गरेका हुन् ।

उक्त पुस्तकमा डाक्टर बाबुराम भट्टराई, उनीमाथि लगाइएका आरोप, समाजवादी पार्टी नै किन ? भन्नेलगायतका विषय समेटिएको छ ।

लेखकले आफ्ना भोगाई र अनुभवलाई प्राथमिकता दिएर विषय उल्लेख गरेका छन् । समाजवादी पार्टीका गोरखा नगरस्तरीय समितिका सचिव समेत रहेका देवकोटाले अर्थमन्त्री रहँदा डाक्टर बाबुराम भट्टराईका कार्यकालका आयोजनाहरु, केही प्रमुख काम, नीतिगत योजनाहरुको बारेमा पनि उल्लेख गरेका छन् ।

साथै संम्वृद्धिको सम्भावना बोकेको गोरखा, कोभिडपछिको अवस्था, देखे भोगेका अनुभव, लकडाउनलाई नियाल्दा भन्ने पुस्तकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्