| सोमवार, कार्तिक २३, २०८३

उपभोक्ता हित संरक्षण मञ्च गोरखाद्वारा उपभोक्ता ठगिएको भन्दै प्रशासनको ध्यानाकर्षण

उपभोक्ता हित संरक्षण मञ्च गोरखाले उपभोक्ताको हक अधिकार प्राप्तिका लागि सहयोग गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

मञ्चका जिल्ला अध्यक्ष किशोरजंग थापाले बुधवार सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
अहिले बजारमा बढि मूल्यमा सामग्री बिक्री गर्ने गरेको, कालोबजारी भएको, कृत्तिम अभाव सिर्जना गरेर बढी मूल्यमा बिक्री भएको निश्कर्ष उपभोक्ता हित संरक्षण मञ्चको छ । बिभिन्न १६ बुँदा उल्लेख गरी मञ्चले ती विषयमा तत्काल अनुगमन गर्न भनेको छ ।

संघ प्रदेश र स्थानीय सरकारले अनुगमनलाई निरन्तरता र कडाई गर्नुपर्ने, खरिद बिक्री मूल्यको प्रभावकारी अनुगमन हुनुपर्ने, उपभोक्ताका लागि स्वस्थ बजार स्थापनामा भूमिका खेल्नुपर्ने विषयमा जोड दिइएको मञ्चका गोरखा जिल्ला अध्यक्ष थापाले बताए ।


उपभोक्ता संरक्षण ऐन अन्र्तगत कसुरलाई अनुसुची १ मा राख्नुपर्ने, गुणस्तर र नापतौलका उपकरणमा ध्यान दिनुपर्ने, बजारमा एकाधिकार कायम गर्न खोज्नेलाई निरुत्साहित गर्नुपर्ने माग उपभोक्ताहरुको छ ।

ज्ञापन पत्र बुझेपछि सहायक प्रजिअ पाण्डेले आफुले तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने र जिल्लामा पनि अनुगमनलाई तिब्रता दिने बताईन ।

प्रतिक्रिया दिनुहोस्