
सुर्योदय युवा परिवारद्वारा तारा माविलाई फेस सिल प्रदान
गोरखा नगरपालिका वडा नम्बर १० को तारा माध्यामिक विद्यालयलाई सुर्योदय युवा परिवार छेवेटारले फेस सिल सहयोग गरेको छ ।
विद्यालय खुलेसँगै विद्यार्थीहरुलाई कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन मद्धत पुग्ने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको क्लवका अध्यक्ष प्रदिप कुँवरले बताए ।
मंगलवार एक कार्यक्रमका बिच क्लवका पदाधिकारीहरु विद्यालयमा पुगेर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयराम थापा, प्रधानाध्यापक बाबुराम बिक सहितको उपस्थितीमा छ सय थान फेस सिल प्रदान गरेका हुन् ।
उक्त सामग्री ४२ हजार रुपैयाँको रहेको क्लवले जनाएको छ ।




