
गोरखामा एउटै गाउँका चार जना संक्रमित थपिए
गोरखाको सिरानचोक गाउँपालिका वडा नं ३ हमीका चार जनामा कोरोना संक्रमण पुष्ठि भएका छन् ।
राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणमा ६७ र ६९ वर्षका पुरुष र १९ वर्षकी महिलामा संक्रमण पुष्ठि भएको गाउँपालिकाका जनस्वास्थ अधिकृत रामचन्द्र पाण्डेले जानकारी दिए । गाउँपालिकाका एक जना कर्मचारी सहित चार जना संक्रमित थपिएका छन् ।




