
गोरखाकी कोरोना संक्रमित महिलाको काठमाण्डौमा मृत्यु
गोरखा घर भएकी एक कोरोना संक्रमित महिलाको काठमाण्डौमा मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालीका वडा नं ६ कि ४५ बर्षिया महिलाको उपचारका क्रममा मुत्यु भएको हो ।
उनको वयोधा अस्पताल, काठमाण्डौमा असोज १५ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयले जनाएको छ । मृतक महिलामा किड्नी सम्बन्धी समस्या रहेको जनाइएको छ ।




