
कोरोना संक्रमणबाट नेपालमा थप ६४ वर्षीय पुरुषको निधन
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत एक कोरोनसंक्रमित पुरुषको मंगलबार बिहान निधन भएको छ । मृत्यु हुनेमा धरान–३ का ६४ वर्षीय पुरुष रहेका छन् ।
प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार गत असोज १२ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।
उनलाई मधुमेहको समस्या रहेको र यअसघि टीबी रोग पनि लागेको अस्पतालले जनाएको छ । उनको शवको व्यवस्थापन नियमअनुसार गरिने डा. श्रेष्ठले जानकारी दिए ।




