
गोरखामा कोरोना संक्रमितको संख्या २७५ पुग्यो, सोमवार २० जना थपिए
जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत एक जना, बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठ जना गरी नौ जना प्रहरीसहित गोरखामा सोमवार २० जना कोरोना संक्रमित थपिएका छन् ।
दुई महिला प्रहरी र सात जना पुरुष प्रहरी, प्रहरीको १२ र ३ वर्षको परिबारका सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
बाह्रकिलो बजारमा ब्यवशाय संचालन गर्ने २५ र ४१ वर्षका महिला र २२ वर्षका पुरुषमा पनि संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
दुबईबाट आएर गोनपा ११ मा होम क्वारेन्टिन बसेका ३३ वर्षीय पुरुष, जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ३० र ४४ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
त्यस्तै बिराटनगरबाट गोरखाको महेन्द्रज्योति माविमा पढाउन आएका एक शिक्षक, गोरखा अस्पतालमा कार्यरत गोनपा ३ का २६ वर्षका पूरुष कर्मचारी र गोनपा ६ को ३२ वर्षका पुरुष रहेको गोरखा अस्पतालका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
गोरखामा सोमवार थपिएका सहित संक्रमितको संख्या दुई सय ७५ पुगेको छ ।




