
क्याम्पसको आइशोलेसन हटाउन माग गर्दै ज्ञापन पत्र
गोरखा क्याम्पसमा रहेको आइशोलेसन हटाउन माग गर्दै गोरखा क्याम्पले सरोकारवालालाई ज्ञापन पत्र बुझाएको छ ।
क्याम्पस प्रमुख रामशरण बानियाँले सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश, उपकुलपतिको कार्यालय त्रिभुवन विश्वविद्यालय, जिल्ला समन्वय समिति, गोरखा नगरपालिका र गोरखा अस्पताल ब्यवस्थापन समितिलाई बोदार्थ दिँदै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।
आइशोलेसन रहेको भबन बिज्ञान प्रयोगशालाको भबन रहेको र त्यहाँ विश्वविद्यालय अनुदान आयोगबाट बिज्ञान प्रयोगशालाका लागि आएको ५० लाखको काम हुन नपाउँदा फ्रिज हुने अवस्था आएको ज्ञापन पत्रमा उल्लेख छ । मंसिरको तेस्रो साताबाट त्रिविले परीक्षाको तयारी गरेकाले आइशोलेसनले परीक्षा संचालनमा समस्या हुने क्याम्पले जनाएको छ ।
गोरखाका छ वटा क्याम्पसको परीक्षा केन्द्र पनि गोरखा क्याम्पस हुने भएकाले आइशोलेसन हटाउन क्याम्प प्रमुख रामशरण बानियाँले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै अनुरोध गरे ।
कोभिडको त्रासका कारण गोरखा क्याम्पसमा भर्ना हुने विद्यार्थी अन्यत्र गएको, विश्वविद्यालय अनुदान आयोगद्धारा प्रदान गरिने गुणस्तर सुनिश्चितता प्रत्यायन अन्तिम चरणमा पुगेकाले पूर्वाधार निर्माणको काम नहुँदा उक्त अनुमती नपाउने खतरा रहेको क्याम्पले जनाएको छ । आइशोलेसन हटाउन दबाव दिने उद्देश्यले क्याम्पसले समिति नै निर्माण गरेको छ ।




