| आइतवार, कार्तिक २२, २०८३

सिङ्लाका बालबालिकालाई स्वास्थ्य सामग्री प्रदान


जिउनु सिङ्ला एशोसिएशन फ्रान्सको सहयोगमा हिमालय यात्रा नामक संस्थाले धार्चे गाउँपालिका वडा नं. ५ सिङ्लाका विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बीच सञ्चालनमा रहेको विद्यार्थीहरुलाई संक्रमणबाट बचाउन दुई संस्थाले एन ९५ मास्क र साबुन वितरण गरेको हो ।


आइतबार एक कार्यक्रमका बीच सिँहदेवी आधारभूत विद्यालय सिङ्लाका शिक्षक शंकर कुलुङलाई हिमालय यात्राका कोषाध्यक्ष सुकबहादुर गुरुङ नेतृत्वको टिमले एन ९५ मास्क १९० थान र २४४ थान साबुन वितरण गरेको हो ।
सो विद्यालयमा १८७ जना बालबालिकाहरु पढ्ने गर्छन् । यी सामग्रीको नियमित प्रयोग गरेमा कोरोना रोकथाममा ठूलो टेवा पुग्ने संस्थाका कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्