| आइतवार, कार्तिक २२, २०८३

जीविकोपार्जनका लागि रोटरी क्लवद्वारा सहुलियत व्याजमा बिउ पुँजी


रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ वान्सवर्ग यूकेले गोरखाका दुईवटा गाउँका बासिन्दालाई जीविकोपार्जनका लागि सहुलियत व्याजमा बिउपुँजी प्रदान गरेका छन् ।
सिरानचोक ५ को डाँडागाउँस्थित खानेपानी आयोजनाका उपभोक्ताहरुलाई चार लाख रुपैयाँ र शहीद लखन गाउँपालिका ५ मास्कीछापको रोटरी कम्युनिटी क्लवलाई चार लाख रुपैयाँ बिउपुँजी प्रदान गरेको हो ।
डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका ६३ घरधुरी परिबारलाई चारवटा समूह बनाई प्रत्येक समूहलाई एकेक लाखका दरले बिउपुँजी प्रदान गरिएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए । त्यस्तै शहीद लखन गाउँपालिका ५ मास्कीछापको रोटरी कम्युनिटी क्लवमार्फत स्थानीय विपन्न बर्ग समुदायका ब्यक्तिहरुलाई चार वटा समूह बनाई एकेक लाख रुपैयाँका दरले बिउपुँजी प्रदान गरिएको अध्यक्ष अम्गाईले जानकारी दिए ।
उनीहरुले सो रकमबाट कुखुरा, बाख्रा, माछा पालन, तरकारीखेती लगायतको आयआर्जन हुने खालका कार्यक्रम गर्न सक्ने क्लवले जनाएको छ । सोबाट आम्दानी भएको रकमबाट एकेक बर्षमा ब्याज र पाँच बर्षमा साँवा र व्याज चुक्ता गर्नुपर्ने कार्यविधि बनाइएको क्लवका अध्यक्ष अम्गाईले बताए ।
डाँडागाउँमा बिउपुँजी प्रदान गर्न क्लवका अध्यक्ष काशिनाथ अम्गाईको नेतृत्वमा टिम गएको थियो भने मास्कीछापमा कर्जा प्रबाह गर्न निवर्तमान अध्यक्ष शरदबाबु कट्ेलको नेतृत्वमा रोटरी क्लवका टिम गएका थिए । उनीहरुले गरिब घटाई जीविकोपार्जनमार्फत आत्मनिर्भर गराउन यस्तो कार्यक्रम गरिएको बताएका थिए ।


सिरानचोक ५ को डाँडागाउँस्थित खानेपानी आयोजनाका उपभोक्ताहरुलाई चार लाख रुपैयाँ र शहीद लखन गाउँपालिका ५ मास्कीछापको रोटरी कम्युनिटी क्लवलाई चार लाख रुपैयाँ कर्जा प्रबाह गरेको हो ।


डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका ६३ घरधुरी परिबारलाई चारवटा समूह बनाई प्रत्येक समूहलाई एकेक लाखका दरले कर्जा प्रबाह गरिएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए । त्यस्तै शहीद लखन गाउँपालिका ५ मास्कीछापको रोटरी कम्युनिटी क्लवमार्फत स्थानीय विपन्न बर्ग समुदायका ब्यक्तिहरुलाई चार वटा समूह बनाई एकेक लाख रुपैयाँका दरले कर्जा प्रबाह गरिएको अध्यक्ष अम्गाईले जानकारी दिए ।


उनीहरुले सो रकमबाट कुखुरा, बाख्रा, माछा पालन, तरकारीखेती लगायतको आयआर्जन हुने खालका कार्यक्रम गर्न सक्ने क्लवले जनाएको छ । सोबाट आम्दानी भएको रकमबाट एकेक बर्षमा ब्याज र पाँच बर्षमा साँवा र व्याज चुक्ता गर्नुपर्ने कार्यविधि बनाइएको क्लवका अध्यक्ष अम्गाईले बताए ।


डाँडागाउँमा कर्जा प्रबाह गर्न क्लवका अध्यक्ष काशिनाथ अम्गाईको नेतृत्वमा टिम गएको थियो भने मास्कीछापमा कर्जा प्रबाह गर्न निवर्तमान अध्यक्ष शरदबाबु कट्ेलको नेतृत्वमा रोटरी क्लवका टिम गएका थिए । उनीहरुले गरिब घटाई जीविकोपार्जनमार्फत आत्मनिर्भर गराउन यस्तो कार्यक्रम गरिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्