| सोमवार, कार्तिक २३, २०८३

नजिकीदै गरेको चाडपर्वको अवसरमा सहुलियत दरमा चामल बिक्रि

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दशैं-तिहारलाई लक्षित गरी बिहीबारदेखि चामलको मूल्यमा प्रति केजी ५ रुपैयाँ छुट दिएर चामल बिक्री गर्न सुरु गरिएको खाद्य व्यवस्था कार्यालयका प्रमुख नविन बस्नेतले बताए । उनका अनुसार कार्यालयबाट सोना मंसुली, जिरा मसिना र जापनिज चामल बिक्री हुँदै आएको छ ।


जिरा मसिना चामलको मूल्य प्रति केजी ५५ रुपैयाँ तोकिएको छ । यसअघि किलोको ६० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो । ५१ रुपैयाँ पर्ने सोना मंसुली चामल उपभोक्ताले ४६ रुपैयाँमा किन्न पाउने उहाँले बताउनुभयो । सहुलियत दरमा बिक्री गर्दा प्रति बोरा (३० केजी) चामालको मूल्य १ हजार ३८० रुपैयाँ पर्ने बस्नेतले बताए । छुट पछिको मूल्य २५ केजी बोराको १ हजार ३७५ रहेको उनले जानकारी दिए ।


त्यस्तै जापनिज चामल ४२ रुपैयाँ प्रति किलोमा उपभोग गर्न पाइने उनले बताए । यसअघि किलोको ४७ रुपैयाँमा बिक्री हुँदै आएको थियो । छुट दिएसँगै (३० केजी) प्रति बोराको १ हजार २६० रुपैयाँ पर्ने कार्यालयले जनाएको छ ।


मंसिर ६ गतेसम्मका लागि मात्र चामलको मूल्यमा सहुलियत दिइने कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । सो अवधिभर जो कोही कार्यालयमा आएर चामल किन्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्