
पालुङटारका पसल पनि मापदण्ड बाहिर
गोरखाको पालुङटार नगरपालिकाको ठाँटीपोखरी बजार क्षेत्रमा पर्ने पसलहरु मापदण्ड पूरा नगरी संचालनमा रहेको भेटिएको छ ।
मंगलवार गण्डकी प्रदेश स्तरीय जिल्ला बजार अनुगमन समितिले त्यहाँका पसलहरु बिर्ना दर्ता चलेका, म्याद गुज्रिएका बस्तु बिक्रीका लागि राखिएका भेटेको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख दिनेश पौडेलले बताए ।
‘हामीले करिब २० वटा पसल अनुगमन ग¥यौँ’ पौडेलले भने ‘पहिलो पटक सचेत गराएर मापदण्ड पूरा गर्न भनेका छौँ, पुन दोहोरिएमा कारवाही गर्छौँ ।’ मासु पसल, खाद्यान्न, औषधी लगायतका पसल अनुगमन गरिएको थियो ।
होर्डिङ बोर्ड नभएका, दर्ता प्रमाण पत्र नबिकरण नगरिएका, सरसफाईमा ध्यान नदिएको पाइएको उनले बताए ।
‘पालुङटारबाट सुरु भएको अनुगमन अब जिल्लाको बिभिन्न ठाउँमा हुन्छ’ पौडेलले भने । गोरखा सदरमुकामको पसलहरुले पनि अनुगमनका क्रममा मापदण्ड पालना नगरेको पाइएको थियो ।




