| आइतवार, कार्तिक २२, २०८३

अवैध रुपमा ढुङ्गाउ उत्खनन गर्ने ट्याक्टर देउरालीबाट नियन्त्रणमा

गोरखा नगरपालिका वडा नम्बर १२ स्थित देउरालीबाट अवैध रुपमा उत्खनन गरिएको ढुङ्गा सहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । ना १ त ७१२५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारवाहीकालागि गोरखा नगरपालिका पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।


प्रहरीले साउन यता २० वटा ट्याक्टर, टिपर अवैध उत्खनन र  ढुवानीमा संलग्न भएकालाई पक्राउ गरी कारवाहीका लागि स्थानीय तहहरुमा पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्